Techie IT
Mission Khabar

धरौँटीमा छुटेका शंकर ग्रुपका सञ्चालक अग्रवाल अझै अनुसन्धाकै दायरामा, छानविन होला त सम्पत्ति ?


काठमाडौं । थर्मल गन कालोबजारी गर्दागर्दै पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल जिल्ला अदालत, काठमाडौंबाट धरौँटीमा छुटे लगत्तै पक्राउ परे । २५ लाख ५० हजार धरौटी बुझाएर छुटेका उनलाई पुनः पक्राउ गर्नुको कारण थियो, सम्पत्ति शुद्धीकरण विभाग मार्फत अभियोगमाथीको थप अनुसन्धान ।

अकुत सम्पत्ति आर्जन गरेको हकमा निजि क्षेत्रका लागि सम्पत्ति शुद्धीकरण विभाग र सरकारी कर्मचारीको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने प्रक्रिया अनुसार नै उनको सम्पत्तिमाथी समेत अनुसन्धान हुने भएको छ । हुन त विभागले उनीसँग बयान लिएर लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको छ । कोरोना भाइरस संक्रमणको पहिलो लक्ष्यण मानिने ज्वरो परीक्षणका लागि प्रयोग हुने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी सुलभ अग्रवाललाई न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेक बहसपछि २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई तीन साताअघि थर्मल गन कालोबजारी गर्दैगर्दा आफ्नै स्टिङ अप्रेसनमार्फत पक्राउ गरेको थियो । गत चैत २५ गते थर्मल गन कालोबजारी गर्दैगर्दा काठमाडौंको नक्सालबाट पक्राउ परेका जगदम्म्बा ग्रुपका सदस्य रहेका अग्रवालले केही हजारको लोभमा नेपालका लागि किर्गिस्तानको अवैतनिक महावाणिज्यदूत पद समेत गुमाउनु पर्यो । उनैका कारण अन्य अवैतनिक महावाणिज्यदूतको कुटनीतिक सेवा सुबिधा खारेज भएको थियो ।


क्याटेगोरी : अर्थ / रोजगार, जीवन भोगाई, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्