Techie IT
Mission Khabar

लिपुलेक र नेपाली विरताको स्मरण : शान्ति सापकोटाको कविता छैन सरकार


कविता : छैन सरकार

वीरता पूर्वमा टिष्टा पुग्छ, पश्चिम काँगडा
यो झण्डा फर्फराएर राष्ट्र गर्ज्यो सधैं कडा
पूर्खाको पसिना खुम्च्यो मेची र काली मानियो
जहिल्यै देशमा मेरो छैन सर्कारझैँ भयो ।

पूर्वमा टाउको काट्यो पश्चिममा घुँडा छिने
देश घायल छोडेर नेता सत्तातिरै भिडे
मन्त्रीहरू भए स्वार्थी कुर्सीको कति मोह हो ?
जहिल्यै देशमा मेरो छैन सर्कारझैँ भयो ।

बेलायत लडेको हो गोर्खाली वीरका सँग
जग्गा भारतले लान्छ, कहाँ भो न्यायसङ्गत ?
भूमि आधाजसो हाम्रो काटी भारत भो ठुलो
जहिल्यै देशमा मेरो छैन सर्कारझैँ भयो ।

लिपुलेक सधैं हाम्रो हाम्रै हो लिम्पियाधुरा
कालापानी थियो हाम्रै पुगे सिक्किम पाखुरा
विशाल देशको मुद्धा न उठाईकनै रह्यो
जहिल्यै देशमा मेरो छैन सर्कारझैँ भयो ।

हाम्रै भूमि हुँदै बाटो पुग्दा मानसरोवर
केही गर्न नसक्नेले के भोट माग्नु काफर ?
जिब्रो छैन भनूँ बोल्छन् ,छ भनूँ वाक्य टालियो
जहिल्यै देशमा मेरो छैन सर्कारझैँ भयो ।

शिर हो गाँसियोस् टिष्टा साँच्चै न्याय निखन्नु छ
पैताला काँगडा जोड्दै पूर्ण नेपाल बन्नु छ
रैती हो उठ,झस्केर उठ सत्तापिपासु हो
अति भो,विश्वले देखोस् दृष्टान्त देशप्रेमको !
छन्द :अनुष्टुप्

लेखक

शान्ति सापकोटा
स्याङ्जा
हाल स् धोबीघाट, ललितपुर


क्याटेगोरी : ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई

तपाईको कमेन्ट लेख्नुहोस्