Techie IT
Mission Khabar

गणतन्त्रको उपहार : २ सय ३३ कैदीबन्दीको कैद सजाय मिनाहा, आठ जनालाई आममाफी


काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारबाट २ सय ३३ जना कैदीबन्दीले कैद सजाय मिनाहा पाएका छन् । आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँमा आममाफी दिइएको छ । गणतन्त्रको अवशरमा सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवानामा आममाफी दिएकी हुन् ।

१३ औँ गणतन्त्र दिवशका अवशरमा रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २ सय ३३ जना कैदीहरुले बाँकी कैद सजायँको माफी मिनाहा पाउँदा कपिल देव साह कानूसमेतका आठ जना व्यक्तिले बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट भएका फैसलाको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय भोग्नु नपर्ने भएको छ ।

हरेक बर्ष राष्ट्रिय उत्सबका अबशरमा सरकाले कैदी बन्दैको सजायँमा मिनाहा तथा आम माफी दिने प्रचलन रहिआएको छ ।


क्याटेगोरी : जीवन भोगाई, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्