बाबुराम भट्टराई र पत्नी हिसिलाले एक महिनापछि जिते कोरोनालाई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी
श्रीमती हिसिला यमी करिब १ महिनापछि कोरोनामुक्त हुनुभएको छ । भट्टराईले आइतबार साँझ ट्वीट गरेर आफूहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभएको हो ।
‘एक महिनापछि कोभिड–१९ सँग हामी दुबैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो। यो युद्धविराम हो, विजय हैन । यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रुपमा जित्नु पर्छ । अतः सबैले नियमित सुरक्षा विधि जारी राखौँ! शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद!,’ भट्टराईले ट्वीटरमा लेख्नुभएको छ ।
भट्टराई दम्पतीलाई एक महिनाअघि कार्तिक ८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
क्याटेगोरी : जनप्रतिनिधि, जीवन भोगाई
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्