Techie IT
Mission Khabar

इटहरी–तरहरा : सेकुवा करिडोरको नयाँ उपमा


इटहरी, जेठ । इटहरीको मुख्य बजारदेखि उत्तर तरहरासम्मको झन्डै चार किलोमिटर दुरीमा पर्ने सडक छेउछाउ अहिले सेकुवा करिडोरको रुपमा विकसित हुन थालेको छ । यो सडक क्षेत्रमा खुलेका पसल सञ्चालक साँझपख सेकुवा पोल्न निक्कै व्यस्त हुने गर्दछन ।

कोसी राजमार्ग अन्तर्गतको यो सडक खण्डमा बजार आसपासमा सेकुवा पसल अनगिन्ति छन् । इटहरी बजार क्षेत्रमै संखुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, कान्तिपुर, राई कान पार्लर लगायत चर्चित सेकुवा पसल छन् । होटल व्यवसायी संघका अनुसार इटहरी क्षेत्रमा ५० भन्दा बढी सेकुवा पसल सञ्चालनमा छन् । सेकुवा खानाकै लागि धरान, विराटगनरलगायत थुप्रै स्थानबाट ग्राहक इटहरी आउने गर्छन ।

खसीको सेकुवाबाट सुरु भएको इटहरी क्षेत्रमा अहिले बोका, कुखुरा र बंगुरको सेकुवाले पनि राम्रो बजार पाएको छ । इटहरी क्षेत्रका सेकुवा पसलले दैनिक लाखौँको कारोबार गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार, होटल / रेस्टुरेन्ट
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्