Techie IT
Mission Khabar

WordPress database error: [Disk full (/tmp/#sql_1556_45.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `mk_postmeta`

WordPress database error: [Disk full (/tmp/#sql_1556_45.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `mk_postmeta`

मत तान्ने अन्तिम कसरतमा उम्मेदवार र राजनीतिक दल, बिहिबार मध्यरातबाट मौन अवधि !


काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार–प्रसार गर्न पाउने छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था भएकाले दल र उम्मेदवारका लागि निर्वाचन आयोगले बिहिबार मध्यरातीसम्मको समयसिमा उपलब्ध गराएको हो ।

दल तथा उम्मेदवारले चुनाव प्रचारका लागि यो निर्वाचनमा सबैभन्दा कम समय पाएका छन् । कात्तिक १७ मा सुरु भएको चुनावी प्रचार १५ दिन अर्थात मंसिर १ देखी बन्द हुनेछ । निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा अर्थात मौन अवधिका रुपमा व्याख्या गरेको छ । कानुनमै निर्वाचनअघिको ४८ घण्टालाई मौन अवधि भनिएको छ । यो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् । यो अवधीमा उम्मेदवार वा दलले मतदाता भेट्न, आश्वासन वाढ्न पाउनेछैन । यस्ता कुनै गतिबिधि भएको पाइएमा आयोगले कारबाही गर्नेगरेको छ ।

निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइदैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्नेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

WordPress database error: [Disk full (/tmp/#sql_1556_45.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SELECT t.*, tt.*, tr.object_id FROM mk_terms AS t INNER JOIN mk_term_taxonomy AS tt ON t.term_id = tt.term_id INNER JOIN mk_term_relationships AS tr ON tr.term_taxonomy_id = tt.term_taxonomy_id WHERE tt.taxonomy IN ('category', 'post_tag', 'post_format') AND tr.object_id IN (14004, 14006, 14010, 14016, 14019, 14024) ORDER BY t.name ASC