Techie IT
Mission Khabar

सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै


काठमाडौं– सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ नशा सम्बन्धि सफल शल्यक्रीया पछि स्वदेश फर्कदै हुनुहुन्छ । नशा सम्बन्धि समस्या रहनुभएका अध्यक्ष गुरुङ भारतको नयाँ दिल्लीमा भएको सफल शल्यक्रीयापछि स्वदेश फर्कन लाग्नु भएको हो ।

नेपालको विभिन्न अस्पतालका अनुभवी चिकित्सक तथा थाइल्याण्डको बैंकक, सिंगापुरलगायतका चिकित्सको सल्लाह बमोजिम अध्यक्ष गुरुङले भारतको नयाँ दिल्लीमा आफ्नोे शल्यक्रीया गराउनु भएको थियो । उहाँको स्पाइन सर्जन डा। हितेश गर्गको समूहले शल्यक्रिया गरेको थियो ।

करिव ३ साता नयाँ दिल्लीमा रहेर उपचार गराउनुभएका उहाँको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । उपचारका संलग्न चिकित्सक स्पाइन सर्जन डा। हितेश गर्गका अनुसार अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य तथा सुधारोन्मुख रहेको छ । नेपाल फर्किएर केहि दिनको आराम पछि नै उहाँ नियमित रुपमा आफ्नो काममा फर्कन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

करिव तीन साता भारतको नयाँ दिल्लीमा रहँदा उहाँको भारितय विभिन्न राजनीतिक पार्टीका नेता देखि भारत सरकारका विशेष व्यक्तिहरुसँग भेट तथा छलफल भएको थियो । उपचारका क्रममा भारतमा रहनुभएका अध्यक्ष गुरुङले भारतिय विशिष्ट व्यक्तिहरुसँगको भेटमा नेपाल र भारत द्विपक्षीय हीत तथा सम्बन्धका विषयमा छलफल गर्नुभएको थियो ।

भारतिय एक सरकारी अधिकारीका अनुसार अध्यक्ष गुरुङले नेपाल भारतकोबीचको सम्बन्ध रोटी बेटीको भएको र द्विपक्षीय हितका लागि एक अर्कामा हातेमालो गरेर काम गर्नु पर्ने बताउनु भएको थियो । छिमेकमा फूटेर होइन जुटेर आपसी तथा राष्ट्रिय हितमा काम गर्नुपर्ने अध्यक्ष गुरुङले बताउनु भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्