Techie IT
Mission Khabar

असुरक्षित सडक : एक बर्षमै २ हजारको गुम्छ जीवन, दोषी को ?


काठमाडौं , जेठ । सरकार अनि यातायात व्यवसायी जिम्मेवार बन्न नसक्दा नेपालको सडक यात्रामा सकस बढेको मात्रै छैन, जोखिम पनि उत्तिकै छ ।महिनामा एक दुई पटकका सवारी दुर्घटना अहिले सामान्य जस्तै बनिरहेका छन् । र पनि सरकार र यातायात व्यवसायीको मन पोलेको छैन । बरु एक अर्कालाई दुःखद घटनाको दोषी देखाएर भाग्ने प्रबृत्ति झांगिएको छ । सडक दुर्घटनाको सरकारी तथ्यांकले सबैको मन पोल्छ । नेपाल प्रहरीले राखेको रेकर्डले बर्सेनि सडक दुर्घटनाबाट औसत २ हजारको ज्यान गुम्नेगरेको देखाएको छ । आर्थिक वर्ष २०६८–०६९ देखि २०७४–७५ को सात वर्षमा भएको देशभरको सडक दुर्घटनाबाट १३ हजार ९ सय ३१ को ज्यान गएको प्रहरी तथ्यांक छ । यो अवधिमा देशभरि ६४ हजार १ सय ६८ वटा दुर्घटना भएका छन् ।

यो जोखिम अहिले पनि कायमै छ । शुक्रबार मात्रै पाल्पाको रम्भा–४ हुमिनमा बस दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाउनु परेको छ । सडक मर्मत सम्भारमा हुँदैआएको वेवास्था, कच्चि तथा जोखिमयुक्त भू धरातल, चालकको लापरबाही लगायतका कारणबाट थुप्रैले अकालमा ज्यान गुमाउनुपरेको छ भने सरकार र यातायात व्यवसायी केवल मुकदर्शक मात्रै ।


क्याटेगोरी : यातायात / यात्रा, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्