अस्ताए पूर्वगृहमन्त्री दानबहादुर शाही

काठमाडौं, जेठ । पूर्वगृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचाररत शाहीको आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा निधन भएको अस्पतालले जानकारी दिएको हो ।
श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही साँढे दुई महिना भन्दा अघिदेखी अस्पताल भर्ना भएका थिए ।लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका छन् ।
डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री बनेका थिए । शाहीको पशुपति आर्यघाटका आजै अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।
क्याटेगोरी : समाचार
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्