Techie IT
Mission Khabar

कृषी मन्त्रीको सक्रियता : तोडिएला त कृषक र उपभोक्ता ठग्नेहरुको जालो


काठमाडौं– अहिलेको सरकार सिण्डिकेट विरुद्द आक्रामक बन्न थालेको छ । यातायात क्षेत्रका सिण्डिकेट करिब हटाउन सफल सरकारको नजर अहिले तरकारी तथा फलफुल माथीको सिण्डिकेट तर्फ सोझिएको छ । बजार व्यवस्थापन समितिले गठन गरेको उपसमितिले कालिमाटी फलफुल तथा तरकारी बजारका ४ सय २५ व्यवसायीमध्ये ३ सय ३८ व्यवसायीलाई कार्वाहीका लागि सिफारिस गरेर तरकारी सिण्डिकेट बिरुद्ध आक्रमण सुरु गरेको हो ।

यस्तो कारबाही सूचिमा बहुउदेश्यीय भवन देखि टहराभित्रका व्यवसायी छन् कारबाही श्रृङ्खला यतिमै रोकिएको छैन । किसान, व्यापारी र कृषि बजार निर्देशनालयको बोर्ड बैठकले व्यवसायीहरुलाई चार भागमा बर्गीकरण गरेर कारबाही सुरु गरेको छ । चित्तबुझ्दो जवाफ नआए सम्झौता रद्द गर्ने तयारीमा रहेको छानविन समितिले बजारमा राम्रो काम गर्ने व्यवसायीलाई सेतो स्टिकरको दर्जामा राखेको छ । रातो पाउनेमा ९९, निलो पाउनेमा १३१, पहेँलो २०९ र सेतो १५९ व्यवसायी छन् ।

कृषिमन्त्री चक्रपाणि खनाल कालिमाटीको सिन्डिकेट अन्त्य गरेरै छाड्ने भन्दै आक्रामक रुपमा प्रस्तुत भएपछि कार्वाही छल्न व्यावसायीहरु आन्दोलित भएका छन् । नारावाजी सहित समितिको कार्यालय घेराउ गरेका व्यवसाही अहिलेपनि कृषी मन्त्रालयको कदम बिरुद्द आवाज उठाइरहेका छन् । गत सोमबार कालिमाटीको बजार अनुगमन सुरु भएको थियो । तरकारी तथा फलफुल बजारको व्यथिति अन्त्य गर्न मन्त्रीले कडा निर्देशन दिएपछि व्यवसायी आन्दोलित भएका थिए । यता, व्यवसायीको असहयोग झेलिरहेका मन्त्री खनाल अब कारबाहीबाट पछि नहट्ने बताउन थालेका छन् । कृषक र उपभोक्तलाई समस्यामा पारेर अधिक लाभ लिने विचौलिया तह नलाग्दासम्म अनुगमन र कारबाही जारी रहने मन्त्रालयको दाबी छ ।
अनुगमनका क्रममा किसान देखी उपभोक्तासम्म तीन चार तहका विचौलिया सक्रिय रहेको, बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको ठाउँ हेरी विचौलियाले २ लाखसम्म असुलेर बजार व्यवस्थापन समितिलाई १० हजार मात्र दिनेगरेको पाइएको छ । कार्यविधिले आफ्नो स्थान अन्य कुनै व्यक्ति वा संस्थालाई विक्री गर्ने, भाडामा दिने वा समितिले उपलब्ध गराएको परिचय पत्रविहिन व्यक्तिबाट कारोबार गर्न दिन मिल्दैन ।

सिण्डिकेट धारी व्यवसायीको पहिचान गरिरहेका कृषी मन्त्रीको सक्रियताले कृषक र उपभोक्तबीचका बिचौलियाको चलखेल रोकिएता त ? के कृषकले आफ्नो लगानीको प्रतिफल पाउछन अनि उपभोक्त बिचौलियाबाट ठगिनुपर्ने अवस्थाको अन्त्य हुन्छ, त ? यो प्रश्नको जवाफ कृषी मन्त्री चक्रपाणी खनालको हातमा छ ।


क्याटेगोरी : कृषी / उद्यम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्