Techie IT
Mission Khabar

नारायणगढ– मुग्लिन सडकखण्ड निरन्तरको पहिरो सास्ती


चितवन–सोमबार साँझको वर्षापछि खसेको पहिरोका कारण नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ। स्थानीय प्रशासनका अनुसार नारायणगढ–मुग्लिङ सडकखण्डको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका ७ भन्दा बढी स्थानमा पहिरो खसेको छ ।

राती पहिरोका कारण थुप्रै सवारी साधन रोकिएपछि विहानबाट भने सडकलाई एकतर्फी रुपमा खुलाइएको छ । प्रहरीका अनुसरा राति ११ः२० बजेदेखि अवरुद्ध सडक मंगलबार बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा ल्याइएको र बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम जारी राखिएको छ ।

अवरोध हटाउने क्रममा सवारी आवागमनमा समस्या देखिएपछि जतिसक्दो छिटो सडक सूचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।


क्याटेगोरी : यातायात / यात्रा, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्