सशस्त्र प्रहरी र काठको अबैध कनेक्सन : डिएसपी सहित तीन जवान निलम्बनमा

काठमाडौं– प्रहरीको गाडीमा राखेर काठको अवैध ओसारपसार गरेको संलग्नता पुष्टि भएपछि सशस्त्र प्रहरी बल अरुण गुल्म, चैनपुर संखुवासभाका डिएसपी रामप्रसाद भण्डारी सहित ३ जवान निलम्बनमा परेका छन् ।
छानविन समितिको प्रतिवेदनका आधारमा निलम्बन प्रक्रिया अघि बढाइनेमा भण्डारीसहित सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र दिपेन्द्र कुमार कर्माकार छन् । अरुण गुल्मको बा १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजादैँ गर्दा गत २१ जेठमा धनकुटाको मूलघाटमा उनीहरु सशस्त्रकै सुरक्षा टोलीको नियन्त्रणमा परेका थिए । घटनाको अनुसन्धानका लागि सशस्त्र पूर्व क्षेत्रीय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनाल र पछि घटनाको गम्भिरता भन्दै फेरि डिआईजी सुरजकुमार श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय अर्को छानवीन समिति गठन गरिएको थियो ।
प्रारम्भिक छानबिनले कुनै निकायमा जानकारी नदिई संगठनको मर्यादा र नीति विपरितको काम गरेको देखिएपछि दोषी करार सहितको प्रतिवेदन सशस्त्र मुख्यालयमा पठाइएको थियो । प्रमाण लोप बनाउने प्रयास नहोस भनेर उनीहरुलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११६ को उपनियम १ को खण्ड ख र घ अनुसार तत्काल निलम्वन गरिएको सशस्त्र प्रहरी मुख्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्