देशभरको आधाभन्दा बढी खेती योग्य जमिन सिँचाइ सुविधा बाहिर, पाँच बर्षमा कृषि क्षेत्रको उत्पादकत्व दोब्बर असम्भव

काठमाडौं– पाँच वर्षमा कृषि क्षेत्रको उत्पादकत्व दोब्बर बनाउने सरकारी लक्ष्य चुनौतिपूर्ण देखिएको छ । सिँचाइ सुविधाको असुविधाले कृषि क्षेत्रको उत्पादकत्व दोब्बर बनाउने सरकारी लक्ष्य पुरा नहुने देखिएको हो ।
बजेट मार्फत सरकारले आगामी आर्थिक बर्षलाई समृद्धिको आधार बर्ष बनाउने घोषणा गरेको छ । समृद्धिको लक्ष्य पुरा गर्न कृषि, उर्जा, पर्यटन लगायतका क्षेत्रको अधिकतम उपयोग गर्ने भनिएको छ । नेपाल राष्ट्र बैंकले ५७ जिल्लामा गरेको आर्थिक गतिविधिको अध्ययनले सिँचाइको सुविधा अधिकांश खेती योग्य जमिनमा समेत नपुगेको देखाएको छ । सिंचाई सुविधा तथा प्राथामिक पूर्वाधार विनै उत्पादकत्व बढाउने कुरा त्यति प्रभावकारी नहुन सक्छ । ३२ लाख १४ हजार हेक्टर खेतीयोग्य जमिन मध्ये अहिलेसम्म देशभर ४५.२ प्रतिशतमा मात्र सिँचाइ सुविधा छ ।
अझ, राष्ट बैंकको अध्ययनले खेतीयोग्य जमिन ३२ लाख हेक्टर भएपनि ७९.३ प्रतिशत जमिन अर्थात २५ लाख ४८ हजार ७६३ हेक्टर जमिनमा मात्र खेती गरिएको देखिन्छ । एकातिर खेतियोग्य जमिनको सदुपयोग नै नहुनु अर्कोतिर अधिकांश जमिन सिँचाइ सुविधाबाट टाढा । यसले पर्याप्त अध्ययन र गृहकार्य बिनै सरकार अघि बढेको देखिन्छ ।
प्रादेशिक रुपमा कर्णाली प्रदेशमा सबैभन्दा कम सिंचाई सुविधा छ । कर्णालीमा २२.९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पग्दा प्रदेश २ को ६६.३ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा छ । जहाँ सबैभन्दा बढी ८९.९ प्रतिशत जमिनको सदुपयोग गरेर खेति गरिएको छ ।
क्याटेगोरी : कृषी / उद्यम, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्