Techie IT
Mission Khabar

जम्बो प्रतिनिधिमण्डल बोकेर प्रधानमन्त्री ओली बेइजिङ, कस्तो मिल्ला त चीनको साथ ?


काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली ११९ सदस्यीय जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्तान गरेका छन् । हिमालयन एयरलाइन्सको विमानबाट ६ दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका ओलीसँग सरकारी प्रतिनिधि ४७ जना, विभिन्न राजनीतिक दलका संघीय सांसद ९ जना, निजी क्षेत्रबाट ५२ जना, सञ्चारकर्मी ११ जना गरी १ सय १९ जना छन् ।

गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, भौतिक योजना, पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठ चार जना मन्त्री समेत भ्रमण दलमा सहभागी छन् । चीन भ्रमणको अवशरमा रेलमार्ग, पूर्वाधार विकास, उर्जा लगायतका महत्वपूर्ण क्षेत्रमा सम्झौता हुने बताइएको छ । प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछियाङलगायत चीनका उच्चस्तरीय नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण हुने उच्चस्तरिय भेटवार्तामा विगतका सहमती सम्झौताको प्रभावकारी कार्यान्वयन र आगामी समृद्धिको साझेदारीका बारेमा खुलेर छलफल हुने बताइएको छ ।

जम्बो प्रतिनिधि मण्डललाई भ्रमणमा सहभागी गराएको भन्दै प्रतिपक्षीको तारो बनेका ओली तिब्बतको ल्हासा हुँदै असार १० गते स्वदेश फिर्ता हुने कार्यतालिका छ ।


क्याटेगोरी : जनप्रतिनिधि, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्