Techie IT
Mission Khabar

बर्षाद् जोखिम : सचेत हुनुपर्ने यी प्रमुख पाँच राजमार्ग


काठमाडौं– मनसुनी बर्षा सक्रिय भएसँगै सरकारले आइपर्नसक्ने विपद् व्यवस्थापनको गृहकार्य सुरु गरेको छ । यसै अनुरुप अहिले सरकारले राजधानीलगायत देशका प्रमुख सहरलाई सडक सञ्जालमार्फत जोड्ने पाँचवटा राजमार्गलाई पहिरोको उच्च जोखिममा राखेर विपद् व्यवस्थापन गरिरहेको छ ।

मनसुनीबर्षा देशव्यापी बन्दैगर्दा सरकारले त्रिभुवन, पृथ्वी, अरनिको, सिद्धार्थ र नारायणगढ–मुग्लिन सडकलाई पहिरोको उच्च जोखिम सूचीमा राखेर विपद् रोकथाम र उद्दारको तयारी अघि बढाएको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१७–२०३० ले मुख्य राजमार्गहरु पहिरोको उच्च जोखिममा रहेको देखाएको हो ।

तत्काल अवरोध पन्छाउनेगरी तयारी गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको सरकारले बाढी, पहिरोको जोखिम क्षेत्रमा पनि उद्धार टोलीको तैनाथी गरेको छ ।


क्याटेगोरी : यातायात / यात्रा, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्