होसियार ! तपाईले कत्तै दुध पिउदा बिषादी त पिउनुभएको छैन ?

काठमाडौं– काठमाडौं भित्र सञ्चालित २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) दुध मानव स्वास्थ्यका लागि जोखिम देखिएका छन् । स्वास्थ्यमा गम्भिर हानि पुर्याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेका कारण यी डेरिको दुध अस्वस्थकर पाइएको हो । १५ दिनअघि संकलन गरिएका ४२ वटा दूधका नमूनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला पर्नुले डेरीबाट वितरित दुधले मानव स्वास्थ्यमा जोखिम बढाउने देखिएको छ ।
कृषिमन्त्री चक्रपाणि खनाल सहितको अनुगमन टोलीले संकलन गरेको नमूना बबरमहलस्थित खाद्य तथा प्रविधिमातहतको केन्द्रीय प्रयोगशालामा जाँच गर्दा अधिकांशको सरसफाईमा कमजोरी पाइएको छ । अन्तर्राष्ट्रिय स्तरको खाद्य सुरक्षा व्यवस्थापन प्रणालीमा आधारित आईएसओ प्रमाणीकरण भएको गरिएको सरकार स्वामित्वको दुग्ध विकास संस्थानसहित २३ वटा निजी तथा सामुदायिक डेरीको दूध स्वास्थ्यका लागि जोखिम देखिएको छ ।
प्रयोगशालाबाट कोलिपर्म रहेको पुष्टि हुनेमा आधुनिक डेरी बालाजु, गल्फु विनायक डेरी काभ्रे, आकृति दुग्ध तथा कृषि बालकोट, जयश्री डेरी काभ्रे, भक्तपुर डेरी, भक्तपुर, चौधरी डेलिसियस मिल्क एण्ड वेभरेज, हिमालयन डेरी लगनखेल, दुग्ध विकास संस्थानका दूध छन् । जगदम्बा डेरी भक्तपुर, एचडी मिल्क एण्ड वेभरेज, कालिका डेरी भक्तपुर, कान्तिपुर फ्रेस मिल्क, नवप्रभात डेरी गोदावरी छन् । यस्तै, नेपाल डेरी धापाखेल, कन्ट्री फुड प्रालि भक्तपुर, राजधानी डेरी काठमाडौं, सुजल डेरी थानकोट, सञ्जीवनी डाइटी उद्योग भक्तपुर, शिवम् डेरी भक्तपुर, सीताराम डेरी कीर्तिपुर, हिमालयन डेरी प्रोडक्ट लगनखेल, तुलसा डेरी प्रालि काठमाडौं र संयुक्त डेरी पाटनको दूधमा कोलिफर्म पुष्टि भएको छ ।
यति ठूलो संख्यामा कोलिफर्म भेटिएपछि स्वस्थ र पोषिलोका लागि प्रयोग भएको दुःध जोखिम निम्त्याउन उपयोग भएको पाइएको छ । उपभोक्तको स्वास्थ्य प्रति कत्तिपनि सचेत नदेखिएका यी डेरीलाई सरकारले कस्तो कारबाही गर्ला ? यसैका आधारमा अनुगमन र नियमनको सरकारी सक्रियता कस्का लागि थियो भन्ने रहस्य खुल्ने छ ।
क्याटेगोरी : कृषी / उद्यम, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्