पहिरो खस्ने र पन्छाउने लुकामारीले यात्रुलाई सास्ती दिईरहेको नारायणगढ मुग्लिन सडक खण्ड

चितवन– बर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छाउने र खस्ने क्रम जारी रहँदा सवारी रोकिने र खुल्ने क्रम पनि जारी छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चारकिलोसहित जलविरे, तोपेखोला लगाएतका स्थानहरुमा पहिरो खसेको छ । पानी पर्नासाथ पन्छाएको ठाउँमा पुनः पहिरो जादा यातायात आवागमन रोकिने र खुल्ने भइरहेको छ । पहिरो हटाउने काम भैरहेपनि धेरै स्थानमा ठूलो परिणाममा खसेको पहिरो पन्छाउन केही समय लाग्ने बताइएको छ ।
केहीदिनयता परेको झरीबाट पहिरो खस्ने र पन्छाउने क्रम जारी रहँदा नारायणगढ–मुग्लिन सडक खण्ड प्रयोग गर्ने यात्रु मर्कामा परेका छन् ।
क्याटेगोरी : यातायात / यात्रा, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्