Techie IT
Mission Khabar

राष्ट्रिय धान दिवस : कृषी प्रधान देशको परनिर्भरताको कथा, कहिले रोकिएला त बार्षिक २४ अर्बको धान आयात ?


काठमाडौं\सुनसरी–असार १५ अर्थात १५ औं राष्ट्रिय धान दिवस । नेपालभर विशेष रुपमा मुठी रोपेर मुरी उब्जाइदैछन्, अधिकांश कृषकहरु । अरु दिवस औपचारिकतामा सिमित भएपनि यो दिवसले व्यवहारिक कार्यान्वयन पाइरहेको छ । असार १५ अगाबै र पछि पनि धान रोप्नेक्रम जारी रहेपनि यो दिन उत्सब जसरी धान रोप्ने गरिन्छ ।

 ‘दुई बाली धानखेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भने नारा सहित मनाउदैगरिएको दिवसका अवशरमा सरकारी तबरबाटै पनि विशेष कार्यक्रम गरिएको छ । मन्त्री स्वयम हिलोमा पसेर उत्सवलाई ब्यवहारिकता दिने परम्पराले पनि निरन्तरता पाएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । काठमाडौंमा, सुनसरी र कपिलवस्तुमा सरकारी सक्रियतामै विशेष उत्सब मनाइएको छ । अझ यो अवशरमा असारे भाका गाउँदै हिलोमा रमाउँदै धान रोप्ने पुरानो नेपाली चलन झन झांगिदै गएको छ । विश्वका ४३ राष्ट्रले २०६१ सालदेखि अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेपछि नेपालले २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालेको थियो ।

भब्य रुपमा दिवश मनाउने क्रमले निरन्तरता पाईरहदा देशको कृषी परनिर्भरता भने झन–झन बढ्दै छ । स्वदेशमा उत्पादित धानको २० प्रतिशत विदेशमा निर्यात हुँदा मासिक २ अर्बको धान आयात भैरहेको छ । कृषि मन्त्रालयको तंथ्याकले नेपालमा हाल साढे ५२ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको देखाएको छ । यो मागभन्दा निक्कै कमी हो । नेपालमा वार्षिक ५६ लाख मेट्रिक टन धान खपत हुनेगरेको छ जुन उत्पादन भन्दा ४ लाख मेट्रिक टनले बढी हो ।

नेपालको मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा धानखेती हुँदैआएको छ । देशको तराई, मध्य पहाड र उच्च पहाडमा ६३ प्रजातिको धानखेती हुनेगरेको नेपाल कृषि अनुसन्धान परिषद्सँग तथ्यांक छ । नेपालमा सबैभन्दा धेरै झापामा र सबैभन्दा कम धान मुस्ताङमा उत्पादन हुँदैआएको छ । मौसमका आधारमा नेपालमा चैते, बर्खे, भदैरे, घैया, हिउँदे (बोरो) धानको खेती हुने गरेको छ । ३७ प्रतिशत जमिनमा धान खेती हुँदै आएकोमा पानीको सुविधा पुगेका ४६ प्रतिशत जमिनमा २ बाली धान खेती गर्न सकिन्छ । आकाशेपानीको भरमा १५ प्रतिशत जमिनमा मात्र धान खेती हुन्छ । संयुक्त राष्ट्रसंघको अध्ययन अनुसार विश्वका १ सय १४ मुलुकको १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड ७१ लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

सरकारले उत्पादनदरलाई वृद्धि गरेर ५८ लाख मेट्रिक टन पुर्याउने लक्ष्य लिएपनि व्यवहारिक कार्यान्वयन हुने नहुने निश्चित छैन । चालू आर्थिक बर्ष २०७४\७५ मा साँढे २४ अर्ब रुपैयाँको चामल आयात भएको भन्सार विभागको रेकर्ड छ । चालू आर्थिक बर्षको वैशाखसम्म चीन, भारत, थाइल्यान्ड, जापान, इटलीलगायत देशबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागको रेकडैल् हाम्रो परनिर्भरता आफै प्रस्ट्याउँछ ।

धान दिवशकै दिन सोच्नुपर्ने समय आएको छ, सरकारले भनेजस्तै आगामी तीन वर्षभित्र नेपालको धानमा रहदैआएको परनिर्भरता तोडिएला त ?


क्याटेगोरी : कृषी / उद्यम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्