Techie IT
Mission Khabar

मन्त्रीको मनपरिमा रुमलिएको नयाँ बसपार्क, बिचौलियाको भन्दा लोह्त्सेको टिकट महंगो


काठमाडौं–यातायत क्षेत्रको सिण्डिकेट अन्त्य गरेर सर्वसाधारणलाई सहज सेवा अनि व्यवसायीलाई करको दायरामा ल्याउने सरकारी अभियान वेकामे देखिएको छ । सिण्डिकेट बिरुद्धको सरकारी अभियान अहिले फरक समूह र शैलीमा दादागिरी जमाउने काईदा बनेको छ ।

नयाँ बसपार्क क्षेत्रमा अहिले व्यवसायीको काउण्टर हटेपनि मन्त्रीकै कम्पनीबाट अर्को सिण्डिकेट सुरु भएको छ । अनि यहाँबाट बाहिरिने हजारौँ यात्रुहरूको समस्या विगतको भन्दा फरक छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले फरक खालको सिण्डिकेटलाई अनुमती दिदा टिकट काट्न नै हैरानी व्यहोरिरहेका छन्, यात्रु । अहिले यहाँ विचौलियाको बिगबिगी पनि बढेको छ । भाडाको बार्गेनिङ र स्टाफ खानाको प्रलोभन देखाउने यात्रु तानातान गर्ने फरक खालको दृश्य अहिले बर्षपार्कमा देखिन थालेको छ । मनलाग्दी भाडा अनि तछाडमछाड अहिले बर्षपार्कको दैनिकी जस्तै बनेको छ ।

अहिलेको व्यवस्थापन झनै अस्तव्यस्त र भद्रगोल छ । यातायात ब्यावसायी समिति र उनिहरुबाट सञ्चालित टिकट काउन्टर खारेजी पश्चात् नयाँ बसपार्कको टिकट काट्ने व्यवस्थापन गर्दै आएको लोह्त्से बहुदेशिय प्रालिले लिने टिकटको मूल्य बाहिर भन्दा महंगो पाईएको छ । विचौलिया तथा गाडी स्टाफले बेच्ने टिकट लोह्त्सेले लिने भन्दा सस्तो छ । सर्वसाधारणलाई सुविधा दिने सरकारले भन्दैगर्दा १६८० रुपैयाँको टिकट लोह्त्सेबाट काटिनु र बाहिरका विचौलियाबाट १२०० मै टिकट उपलब्ध हुनु कति ठिक कति बेठिक ? यसको जिम्मा सरकारलाई नै । जसले सिण्डिकेट अन्त्य गरेर सर्वसाधारणलाई सहज सेवा र सुविधा दिने भनिरहेको छ ।

सरकारले असार मसान्त सम्मको समय दिएर ब्यावसायीहरुलाई प्रालिमा दर्ता गराउन समय दिनु र मन्त्री रघुबिर महासेठ आफ्नै लगानी रहेको लोह्त्सेलाई आधा अधिकार दिएर भद्रगोल व्यवस्थापन दिईदा यात्रुले सुविधा कम सास्ती बढी पाएका छन् । यातायात ब्याबसायी पनि के कम सरकार आफैले एक महिना समय दिएपछि बसपार्कको गेटसम्मै पुगेर यात्रु तानातान गरिरहेका छन् । यता, बसपार्कको यात्रु आउने गेटसम्मै गएर तानातान गरेर आफ्नो गाडीमा हाल्ने व्यवसायीले भनेजस्तो सुविधा दिएका छैनन । धरैले तान्न आउँदा यात्रु आफैपनि अलमलमा छन् ।

यात्रु भनिरहेका छन् – भित्र र बाहिरको टिकटको दर नै फरक छ, सस्तो र आरामदायि यात्रा खोज्दा दुःख बढी पाइएको छ । यता, बिचैलिया र मनलाग्दी गर्नेलाई बसपार्क प्रहरीले पनि केही गर्न सकेको छैन । प्रहरी भन्छ– २–४ घण्टा नियन्त्रणमा लिने बाहेक केही कारबाही गर्न मिल्दैन । प्रहरी निरिक्षक मोहन कुमार केसी उजुरी आएमा कारबाही गर्ने भन्दै गुनासाहरु उजुरीका रुपमा नआएका बताउँछन् ।


क्याटेगोरी : यातायात / यात्रा, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्