ट्याक्सीले ठग्यो ? १०० मा फोन गर्नुहोस तत्काल कारबाही हुन्छ

काठमाडौं– ट्याक्सी आम मानिसको यातायात सुविधाका लागि मिटरमा चल्ने सार्वजनिक सवारी साधन । तर यहाँ ट्याक्सी सुविधा भन्दा बढी ठगी गर्ने साधन बनेको छ ।
गन्तव्य हेरेर भाडाको मोलमोलाइ गर्ने ट्याक्सी चालकलाई मनलाग्दी भाडा असुल्न छुट मात्रै छैन, मन लागेको ठाउँमा मात्रै जान राजी हुन्छन् । मिटरमा हिड्ने ट्याक्सी त निक्कै कम छन् । सरकार ट्याक्सीको भाडा निर्धारण गरेर मिटरमा त्यो पनि उपभोक्तालाई बिल सहितको सेवा दिनु भनिरहेको छ । तर चालक राज्यको नीति नियम लत्याइरहेका छन् ।
गाउँबाट काठमाडौंको घर वा डेरा आउँदा होस वा अपरझटको अस्पताल यात्रा काठमाडौंवासीले ट्याक्सीबाट ठगिनुपर्ने नियती हटेको छैन । झण्डै १० हजार ट्याक्सी रहेको काठमाडौंमा सरकारले दुई सय मिटरको ७ रुपयाँ २० पैसा भाडा निर्धारण गरेको छ । एयरपोर्टदेखि कलङ्कीसम्म यो दरका आधारमा लाग्ने भाडा ३५० पर्न गएपनि सर्वसाधारण सस्तोमा ६ सयदेखी १ हजारभन्दा बढी तिर्नुपर्ने बाध्यतामा छन् ।
काठमाडौँको कलङ्कीदेखि चावहिल जाँदा नै ८ सय तिनु परेको बताउने उपभोक्तासँग मिटरमा हिड्न नमानेको गुनासो धेरै छ । सार्वजनिक यातायात र ट्याक्सीको भद्रगोल अवस्थाको मार उपभोक्ताले खेपिरहेका छन् । यता, ट्राफिक महाशाखा ट्याक्सीमा प्रिन्टर जडान नगरेको, बढी भाडा लिएको वा मिटरमा जान नमानेको पाइएमा कडा कारबाही गर्ने दाबी गरिरहेको छ ।
असार मसान्तसम्म मिटर जडान नगर्ने २६१, भाडामा मोलमोलाई गर्ने ६ हजार ४३ र खाली हुँदा पनि यात्रु बोक्न नमान्ने ६०३ ट्याक्सीलाई कारबाही गरिसकेको दाबी गर्ने ट्राफिक ठगिएको उजुरी १०० मा डायल गरेर टिपाउन उपभोक्तालाई आग्रह गर्छ । ट्याक्सीले ठग्न खोजे वा ठगेको सूचना पाउनासाथ कारबाहीको प्रक्रिया अघि बढाउने दाबी दोहोर्याइरहेको प्रहरी अब ट्याक्सी बिरुद्धको कारबाहीमा कसरी प्रस्तुत हुन्छ, यो प्रतिक्षा बनेको छ ।
क्याटेगोरी : यातायात / यात्रा, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्