Techie IT
Mission Khabar

विधेयक पास भएर कार्यान्वयनमा जाने क्रम तिब्र, ७ बिधेयक राष्ट्रिय सभामा


काठमाडौं–प्रतिनिधि सभाबाट पास भएर आएका मौलिक हकसम्बन्धी सात विधेयक राष्ट्रियसभामा टेबुल भएका छन् ।

‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’, ‘जनस्वास्थ्य विधेयक, २०७५’, ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’, ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’, ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’, ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ र ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ राष्ट्रियसभामा टेबल भएका हुन् ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले टेबुल भएका विधेयकमाथी शनिबारको बैठकमा छलफल हुने र प्रक्रियामा जाने बताए । शुक्रबार मात्रै यी विधेयक प्रतिनिधिसभाको बैठकबाट पारित भएका थिए । मौलिक हकसँग सम्बन्धित १० ओटा पूर्ण नयाँ र १३ ओटा कानून संशोधन गर्नुपर्नेछ ।


क्याटेगोरी : जनप्रतिनिधि, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्