अबको यात्रा महंगी, जोखिम र सास्तीकै निरन्तरता की ? भाडा अनुसारकै सुविधा

काठमाडौं– सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कार्यान्वयनमा ल्याएसँगै यात्रामा निस्किने उपभोक्तामा महंगीको मार थपिएको छ ।
यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेसँगै काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर नै १४ रुपैयाँ तिर्नुपर्ने भएको छ । जहाँ अधिकतम २७ रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ । डिजलको मूल्य प्रतिलिटर एक सय एक र पेट्रोलको मूल्य १ सय १४ रुपैयाँलाई आधार मानेर भाडा समायोजन गरेको विभागले पेट्रोलियम पदार्थमा पाँच रुपैया भन्दा बढीले घटबढ भएपनि नयाँ भाडा लागू गर्ने बताएको छ । चक्रपथ बाहिर चार किलोमिटरभन्दा बढी दूरी भएमा प्रतिकिमी दुई रुपैयाँ पाँच पैसाका दरले हिसाब गरेर भाडा लाग्ने भएको छ ।
तराईको लामो दूरी अर्थात् २ सय ५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ । तराई र उपत्यकामा २५ किलोमिटरदेखि २ सय ५० किलोमिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९५ पैसा भाडा कायम भएको छ ।
देशभरका पाँच सय एक गन्तव्यको नयाँ भाडा दर कायम हुँदैगर्दा थुप्रैले महंगीको मार खेप्नुपर्ने भएको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्धि र यातायातका साधनमा भएको भाडाबृद्धिको विरोध पनि चर्किएको छ । विद्यार्थी संगठन तथा सर्वसाधारणले अहिले भाडा र पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ताको माग गर्दै आन्दोलित छन् । सरकारले बढाएको दश प्रतिशत भाडा फिर्ता नगेर थप आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
यता, व्यवसायीले मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेका छन्, त्यो पनि भाडा बृद्धी र रोक्का खाता खोल्न सरकारलाई बाध्य बनाएर ।
क्याटेगोरी : यातायात / यात्रा, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्