दसैंको काठमाडौं : सुनसान, उराठ र पट्याएर लाग्ने दिनहरु (फोटो डायरी)

काठमाडौं -भिडभाड र कोलाहल शहरको उपमा पाएको काठमाडौं सुनसान बनेको छ। दशै मनाउन जन्मघर फर्किनेहरुको भीड बढेसँगैं सुनसान बनेका सडक र पसलहरु टिकाको दिन पनि खुलेका छैनन्।
सार्वजनिक गाडी निक्कै कम मात्रै चल्दा सडक सुनसान बनेका छन् । निजी गाडीको चाप पनि निक्कै कम छ, सडकमा । फाट्टफुट्ट चलेका गाडीमा यात्रुहरुको भिड देखिन्छ भने पैदल यात्रीहरुको ताँती पनि निक्कै धेरै देख्न सकिन्छ काठमाडौंका सडकमा ।
टीका लगाएर वा लगाउन हिँडेका यात्रु असिनपसिन हुँदै हिँडिरहेकाछन् । सेना र प्रहरीले यात्रुहरुलाई सुविधा दिनको लागि गाडी चलाएको भए पनि निक्कै कम बस त्यसमा पनि रुट नमिल्दा कतिपय ठाउँका यात्रुले सुविधाको अनुभुती पाएका छैनन्।
दसैंको बेला काठमाडौं उराठ मात्रै हुँदैन सुनसान भएका कारण दिक्कलाग्दो नै हुन्छ । यद्यपी विजयादशमीको टिका ग्रहण गरेर काठमाडौं फर्किनेहरु आजबाटै हिड्न थाल्ने भएकाले एक दुई दिनबाटै काठमाडौं चलाएमान हुने र पूर्णिमासँगै उस्तै भीडभाड र कोलाहल बन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्