Techie IT
Mission Khabar

राजपा फकाउदै सरकार, सांसद रेशम चौधरी मान्य बन्दै


काठमाडौं– कैलालीको टीकापुर हत्या काण्डमा मुछिएका राजपा नेपालका सांसद रेशम चौधरीले आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण लिने भएका छन् । संघीय संसद सचिवालयका अनुसार चौधरीले बिहीवार बिहान ११ः३० बजे सांसदको शपथ ग्रहण गर्नेछन् ।

सिंहदरवारस्थित संघीय संसद सचिवालयमा शपथ ग्रहण गराउने तयारी गरिएको छ । राजपा नेपालले चौधरीलाई सांसदको सपथ ग्रहण नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै पटक– पटक चेतावनी दिँदै आएपछि सरकारले सपथको वातावरण मिलाएको हो । टीकापुर प्रकरणमा प्रतिवादी बनाइएका बेला भारतबाटै वारेशनामाबाट उम्मेदवारी दिएका चौधरीले भारी मतसहित कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचन जितेका थिए । विजयी भएपछि आफूविरुद्धको मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालतमा उपस्थित भएकै अवस्थामा उनी मुद्धाको पुर्पक्षका लागि कैलाली जिल्ला अदालतको आदेशमा थुनामा परेका थिए ।

बिरामी हुने बेलामा समेत उपचार नपाएको, निर्दोश भएर पनि फसाइएको लगायतको चर्चा चलिरहदा चौधरीले सांसदको सपथ लिएर जनप्रतिनिधिको भुमिका पाउने भएका छन् । तर बिचाराधिन मुद्धालाई किनारा लगाउनेतर्फ गम्भिरता नदेखाई गरिएको हतारोले भने गलत नजिर स्थापित गर्नसक्छ । रेशम चौधरी निर्दोष होलान वा नहोलान यो राज्यको छानविनको बिषय हो । तर कानुन सबैका लागि बराबर भने अवश्य छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्