Techie IT
Mission Khabar

मंगलबारसम्म समायोजनका लागि भरे ७५ हजार कर्मचारीले फारम, उत्साहित बन्दै सरकार


काठमाडौँ– अध्यादेशमार्फत संघ, प्रदेश र स्थानीय तहमा समायोजनमा जान भन्दै मंगलबारसम्म ७५ हजार भन्दा बढी कर्मचारीले फारम भरेका छन् । संघ, प्रदेश र स्थानीय तहमा गरी ८९ हजार दरबन्दीका लागि करिब ७५ हजार कर्मचारीले अनलाइनमार्फत् समायोजन फारम भरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश र स्थानीय तहमा समायोजनमा जाने कर्मचारीको संख्या धेरै भएकाले अहिले नै यसमा यति भनिहाल्ने अवस्था नरहेको बताउँछ । तर समायोजन प्रक्रियालाई कर्मचारीले खुलेर साथ दिएको मन्त्रालयले जनाएको छ । आज अन्तिम दिनपनि उल्लेख्य फारम संकलन हुने अपेक्षा मन्त्रालयले गरेको छ ।

सुरुवाती समयमा आधाजति कर्मचारी पनि समायोजनमा नआउने जस्तो देखिएपनि पछिल्लो समय फारम भर्ने कर्मचारी एक्कसी बढेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्