Techie IT
Mission Khabar

प्रदेशसभाको एक बर्ष : २ सय २३ दिनमा बिवादरहित ९७ बैठक, नाम र प्रदेश राजधानीमा भने अड्चन


विराटनगर–प्रदेश नं १ को प्रदेशसभाले एक वर्षमा २३ वटा विधेयक पारित गरेको छ । सात विधेयक पाइलाइनमा रहेको प्रदेशले एक बर्षसम्म पनि नामांकन र प्रदेश राजधानीको बिषयलाई किनारा लगाउन सकेको छैन ।

सभामुख प्रदीपकुमार भण्डारीका अनुसार प्रदेशसभाले २ सय २३ दिनको अवधिमा जम्मा ७४ दिन मात्रै बैठक राखेको छ । ९७ पटक बसेको बैठकमा ८८ घण्टा ३३ मिनेट खर्चिएको छ । सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून निर्माणको गती सुस्त भएको सभामुख भण्डारी बताउँछन् । प्रदेश सरकार गठनको एक बर्ष पुग्दैगर्दा प्रदेश १ मात्रै एउटा यस्तो प्रदेश बनेको छ, जहाँ बिना अवरोध ९७ वटा बैठक बसेका छन्, २३ कानून पारित गर्दा कुनै विवाद भएन् । तर यति लामो समय खर्चिदा पनि प्रदेशको नामांकन र राजधानीले किनारा पाउन सकेन । यसमा भने अन्यौल कायमै छ ।

प्रदेश नं १ मा जम्मा ९३ प्रदेशसभा सदस्य छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६७, नेपाली काङ्ग्रेस २१, सङ्घीय समाजवादी फोरम नेपाल तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक-एक सांसद छन् । अहिलेसम्म बिवादरहित रहेको यो प्रदेशले नामांकन र राजधानीको टुङ्गो कसरी लगाउँछ अहिले सबैको प्रतिक्षा यसैमा छ ।

यता, अन्य ६ वटा प्रदेशपनि अभ्यासको पहिलो बर्ष अलमलमै रोकिएका छन् । कानुन निर्माण, जनशक्ति र कार्यालय व्यवस्थापनमै अल्झिदा प्रदेश र स्थानीय स्तरमा निक्कै कम मात्रै सिंहदरबार गाउँमा सरेको अनुभुति भएको छ ।


क्याटेगोरी : जनप्रतिनिधि, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्