Techie IT
Mission Khabar

पूर्व उपप्रधानमन्त्री अधिकारीको पार्थिक शरिरमा श्रद्धाञ्जली अर्पण गरिदै, आजै अन्त्यष्टि गरिने


काठमाडौं– पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ । बरिष्ठ नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।

अधिकारीको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि नेकपा पार्टी कार्यालय धुम्बराईमा राखिदैछ । १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली अर्पण गरेर आजै दाहसंस्कार गर्ने बताइएको छ । अधिकारीका श्रीमती र तीन छोरी छन् । २२ वैशाख, १९९३ सालमा महोत्तरी जिल्लाको भ्रमरपुरा गाउँमा जन्मिएका स्वर्गीय भरतमोहन अधिकारी हाल ललितपुर महानगरपालिकामा बस्दै आएका थिए ।

अधिकारीका लोकप्रिय काम ….

भरतमोहनले सत्तामा भएको बेला आफ्नो गाउँ आफै बनाउँ, जेष्ठ नागरिक भत्ता जस्ता कार्यक्रम ल्याएका थिए । यस्तै स्थानीय सडक, स्वच्छ पानी, शिक्षा र साक्षरता, सुलभ स्वास्थ्य, सिपमुलक तालिम र रोजगारी, सामुदायिक बृक्षरोपण, साना जलविद्युत विकासबाट ग्रामिण विकास र साना तथा घरेलु विकास गरी ९ स को अभियान पनि चलाएका थिए ।

राष्ट्रिय विभुतिको नाममा २७ वटा राजमार्ग र सहायक राजमार्गको नामाकरण, हेटौडा काठमाडौँ सुरुङमार्गको सुरुवातकर्ताको रुपमा पनि उनलाई लिइन्छ । सडकको दुबैतर्फ बृक्षरोपण, सुत्केरी भत्ता, महिला र पुरुषको नाममा संयुक्त रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी र घर घरमा रोजगारी जस्ता लोकप्रिय कार्यक्रम उनको कार्यकालमा ल्याइएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्