Techie IT
Mission Khabar

पप्पु कन्ट्रक्सन सहित काम नगर्ने ४ ठेकेदार कम्पनी कालोसूचीमा


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

अनुगमन कार्यालयका अनुसार पप्पु नेपाल प्रगति जेभी‚ नयाँ बानेश्वरलाई २ वर्षका लागि, चमैता निर्माण सेवा‚ इलामलाई १ वर्षका लागि र माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स‚ नैकापलाई १ वर्षका लागि कालोसूचीमा राखिएको कालोसूचीमा राखिएको छ । कालोसूचीको अवधिभर यी ठेकेदार कम्पनीले सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा सहभागिता पाउने छैनन् ।

पप्पु–नेपाल प्रगति जेभिले पुष्पलाल (मध्यपहाडी) राजमार्गमा काम गर्न नसकेपछि राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोकले, चमैता निर्माण सेवालाई इलाम नगरपालिका र माँ सन्तोषी कन्स्ट्रक्सनलाई त्रिभुवन विश्वविद्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कालोसूचीमा, #चमैता निर्माण सेवा, #ठेकेदार, #पप्पु नेपाल प्रगति जेभी, #माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स, #सार्वजनिक खरिद अनुगमन कार्यालय

तपाईको कमेन्ट लेख्नुहोस्