“मन बिनाको धन ठुलो कि धन बिना को मन” अशोकको सफलता अध्याय (अभ्यासको भिडियो सहित)

काठमाडौँ, जेठ । झापा दमकका अशोक दर्जी, निक्कै कलिलो उमेरमै चर्चामा आएको एउटा नाम । अहिले सामाजिक सञ्जालमा मात्रै होईन, उनको सफलताको कथा विभिन्न सञ्चारमाध्यममा छाइरहेको छ । झापामा गुमनाम रहेका अशोक एकाएक चर्चामा आए । कारण थियो, काठमाडौँ आएर रेकर्ड गरेको एउटा गीत दर्जन भन्दा बढी युट्युव ट्रेडिङमा छाँउनु ।
दर्जीको गीत रेकड गर्दाको भिडियो र उनको अन्तर्वार्ता मात्रै होइन, अहिले उनले गाएको गीत नगुन्गुनाउनेहरु निक्कै कम छन् । उनले काठमाडौँ पुतलीसडक स्थित स्टुडियो ९ मा रेकर्ड गरेको गीत “मन बिनाको धन ठुलो कि धन बिना को मनले अहिले चौतर्फी चर्चा पाएको छ ।
आखिर को हुन त अशोक दर्जी ?
दर्जी झापा दमकमा सामान्य परिवारमा जन्मेका थिए । बाटो होस् वा होटेल दिनभर गीत गाएर धेरथोर रकम जम्मा गर्नु उनको दैनिकि थियो । यहि कमाइर्ले परिवारको सामान्य आवश्यकता धान्थ्यो ।
पढ्ने रुचि धेरै भए पनि विपन्नताका कारण पढ्न पाएका थिएन । अहिले चर्चा चुलिएसँगै दर्जीलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढाउने र बस्ने व्यवस्था मिलाइएको छ । पढ्ने ईच्छामा राहत पाएका दर्जी अहिले सामाजिक सञ्जालसँगै गायन क्षेत्रका उदाउदाृे प्रतिभा बनेका छन् । एउटा भिडियोबाट चुलिएको अशोकको गायन कहासम्म जान्छ ? प्रतिक्षाको बिषय बनेको छ ।
क्याटेगोरी : ओझेलका पात्र
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्