एउटै खुट्टाले ६ सय किमि साइकल यात्रा

मुगु, जेठ । शारीरिक अपांगता भएका व्यक्तिले हिम्मत गरे र अवशर पाएभने सपाङ्गता भएकाहरुले जस्तै काम गर्न सक्छन् । उनीहरुको सारिरिक दुर्बलतामा केवल आँट, हिम्मत र अवशर चाहिन्छ ।
कैलालिका ४० वर्षीय यमलाल रसाइली एउटा खुट्टाले साइकल हाँकेर कैलालीको लम्कीदेखि मुगुको रारासम्मको यात्रा पूरा गरेर यो कुरालाई सावित गरिदिएका छन् । उनले राराको पर्यटन प्रबद्र्धन र विद्यालय जानबाट वञ्चित अपांगता भएका बालबालिकालाई स्कुल जाने वातावरण बनाउने उद्देश्य सहित साइकल यात्रा सुरु गरेका थिए ।
मधेसबाट पहाडसम्मको ६ सय किलोमिटर लामो साइकल यात्रा उनका लागि चुनौती पनि थियो तर कैलालीको चुहा नगरपालिका १ लम्की निवासी रसाइलीले जेठ ४ गतेबाट यात्रा शुरु गरे र १४ दिनमा आफ्नो अठोट पुरा गरे । जेठ १७ गते उनी रारा ताल पुगेका थिए । यसलाई साहसिक साइकल यात्राका रुपमा समेत हेरिएको छ ।
क्याटेगोरी : ओझेलका पात्र, समाचार
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्