Techie IT
Mission Khabar

सुदुरको यथार्थ : कलिलो उमेरमै बिवाह र सन्तान, कानुन सम्झाउने कस्ले ?


काठमाडौं\जाजरकोट– बालबिवाहलाई कानुनले बर्जित गरेपनि देशको दुर्गममा बालबिवाह गर्नेहरुको दर निक्कै उच्च छ । अछाम, डोटी कपिलबस्तु लगायतका जिल्लामा बालबिबाह अझै रोकिएको छैन । बरु कलिलो उमेरमै आमा बन्नुपर्ने बाध्यताले सुदुर पश्चिमका बालिकाहरु जोखिम ब्यहोर्न बाध्य छन् ।

उमेर नपुग्दै सन्तान जन्माउदा कतिपयको अकाल मृत्यु समेत हुनेगरेको छ । यस्तै, जाजरकोटमा बालविवाह हुने क्रम निक्कै भयाबह देखिएको छ । महिला तथा बालबालिका कार्यालय जाजरकोटको पछिल्लो तथ्यांकले १९ वर्ष नपुग्दै जाजरकोटमा बिबाह गर्नेको संख्या ७४ प्रतिशत रहेको देखाएको छ । कलिलो उमेरमा बच्चा जन्माएकै कारण यहाँका थुप्रै आमाहरुको अकालमै ज्यान समेत जाने गरेको छ ।

आमालाई त जोखिम छदैछ कलिलो उमेरमै बच्चा जन्माउँदा बच्चको स्वास्थ्यमा समेत असर देखापर्छ । बिबाहको उमेर नपुग्दै यति ठूलो संख्यामा बालबिबाह भएको पाइएपछि जाजरकोटलाई यो वर्ष बालबिबाह न्यूनिकरण वर्षको रुपमा मनाउन लागिएकाृ छ । बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कार समेत गरेर दबाब दिनेगरि अभियान अघि बढ्दैछ ।

कानुन भएरपनि चेतनाको अभावमा भैरहेको बालबिबाह रोक्न व्यक्ति, परिवार हुँदै समाजलाई पनि सचेत र सबल बनाउन सक्नुपर्छ ।


क्याटेगोरी : ओझेलका पात्र, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्