Techie IT
Mission Khabar

६ बर्षदेखी अर्धचेत रहेका कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको निधन, मृत्युपछि महानताको बखान गर्दै नेपाली कांग्रेस


काठमाडौँ — नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको ७४ बर्षको उमेरमा ललितपुरको खुमलटारस्थित निवासमा निधनको भएको छ ।

शनिबार दिउँसोदेखि जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिएका नेता बास्तोलाको रातिको ९ बजेर २० मा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएका छ । साथै उनको निधन बारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र नीजि सचिवालयले पनि पुष्टि गरेको छ । सामाजिक सञ्जालमा नेता बाँस्तोलाको निधनबारे कांग्रेस नेताहरुले ट्वीट गर्नुअघि नै विभिन्न सञ्चारमाध्यममा निधनको खबर बाहिरिएको थियो ।

६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बाँस्तोलाको स्वास्थ्यमा जटिल समस्या देखिएपछि शनिबार साढे १ बजे घरबाट न्यूरो अस्पताल लगिएको थियो । न्यूरो अस्पतालका डाक्टरले साढे २ बजे नै ब्रेन र हर्टले काम गर्न छाडेको, फोक्सोमा पानी जमेको भन्दै नो मोर क्लिनिकल्ली डेथ भनेर डिस्चार्ज गरेका थिए । बाँस्तोलाको स्वास्थ्य अवस्था जटिल बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी लगायतका नेता बाँस्तोलाको निवास पुगेका थिए।

अन्तत नेपाली कांग्रेसले लामो समयसम्म स्वास्थ्य समस्यासँग जुद्धै आएका एक कर्मठ र जुझारु नेता गुमाएको छ । २०१७ सालबाट राजनीतिमा होमिएका नेता बास्तोलाले विपिको शिक्षबाट नेपाली कांग्रेसको राजनीति थालेका थिए । २०३० पछि चर्चामा आएका बास्तोला बौद्धिक नेताका रुपमा मात्रै सिमित थिएनन उनले जनआन्दोलनमा समेत महत्वपूर्ण भुमिका निभाएका थिए ।


क्याटेगोरी : ओझेलका पात्र, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्