जनमनमा तत्कालिन राजा वीरेन्द्र, १७ बर्ष बित्दा पनि रहश्य मै दरबार हत्याकाण्ड

काठमाडौं– तत्कालिन राजा वीरेन्द्र शाह । जसलाई जनप्रमी राजाका रुपमा आम नेपालीले मन पराउदै आएका छन् । उनै तत्कालिन राजा विरेन्द्रको ७४ औ जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।
ललितपुरको जावलाखेलस्थित शालिकमा माल्र्यापण गरेर शुभचिन्तकहरुले उनीप्रति विशेष श्रद्धा अर्पण गरे । बुवा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट २००२ साल पुस १४ गते जन्मिएका विरेन्द्रले बुबाको निधनपछि २०२८ माघमा राजगद्दी सम्हालेका थिए । दरबार हत्याकाण्ड घटाएर राजा वीरेन्द्रको १७ बर्षअघि बंशनास गरिएपनि सर्वसाधारणले जनप्रेमी राजाको रुपमा स्मरण गर्दैआएका छन् । राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेका थिए ।
२०४६ को जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णयका कारण उनी लोकप्रिय बने । शाहवंशका दशौं राजा वीरेन्द्रको दुई हजार अन्ठाउन्न साल जेठ १९ गते शुक्रबार नारायणहिटी हत्याकाण्डमा मृत्यु भएको थियो । बंशनास गर्नेगरि भएको हत्याकाण्ड अहिले पनि रहश्यमैछ ।
क्याटेगोरी : ओझेलका पात्र, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्