Techie IT
Mission Khabar

विदेशी जेलमा आफन्त छन् ?  होसियार! छुटाउन खोज्दा ठगको पञ्जामा पर्नुहोला


काठमाडौँ—मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै नेपालमा उनीहरुका परिवारसँग ठग्ने गर्ने गिरोह सक्रिय भएको रहश्य बाहिरिएको छ । यस्तो ठगी मलेसिया प्रहरीसँगको मिलेमतोमा भैरहेको पाइएपनि रोकथामको प्रयास कहिँकतैबाट भएको देखिदैन ।

२०१२ नोभेम्बर ९ मा युनाइटेड एचआर सोलुसनबाट मलेसिया पुगेका युवराज आचार्य एक वर्षपछि मेडिकल परीक्षणमा फेल भएका थिए । कम्पनीले नेपाल पठाइदिन लागेपछि भागेर अन्तै काम गरिरहेको अवस्थामा उनी गत जुन ६ तारिखमा पक्राउ परे ।१३ स य ५० मलेसियन रिङगेट र दुइटा स्मार्ट फोन प्रहरी आफैले राखेर उनलाई ५ महिना लेगजिङ क्याम्प र सुन्नाई बुलोह जेलमा राखियो । रपछि उनी पैसा र समान बिनै नेपाल फर्काइए । पछि नेपाल आएपछि भने उनलाई छुटाउन यहाँ दललले परिवारसँगै पैसा लिएको रहश्य थाहा पाए । उनका आफन्तले उनलाई छुटाउन भन्दै उदयपुरका सुमन लिम्बूलाई २ लाख २१ हजार पैसा पठाइदिएका थिए । तर त्यो आफूलाई छुटाउन खर्च भएको नभई प्रहरीसँगको मिलेमतोमै ठगी भएको उनी बताउँछन् ।

मलेसियाले गैरकानुनी हैसियतका श्रमिकलाई थुन्ने र सजाय पूरा भएपछि ‘डिपोर्ट’ गर्ने अभियान चलाएसँगै दलालले ठगी धन्दा बढाएको पाइएको छ । आफन्सँगको सम्पर्क नम्बर लिई रकम असुल्ने यस्ता गिरोहको समयमै पहिचान गरेर कारबाहीको दायरामा ल्याउन ढिलाई गरिनुहुन्न । अनि परिवारका सदस्य स्वयम पनि सचेत बन्नुपर्छ । यो जहाँ कहिको रोजगारी गन्तब्यमा हुनसक्छ ।


क्याटेगोरी : ओझेलका पात्र, विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्