Techie IT
Mission Khabar

कवितामा लकडाउन र कोरोनाको स्मरण, घरभित्र रहें


अघिसम्म कहाँ कुन ठाउँ थियो ?
अब झट्ट यहाँ किन आइदियो ?
जब नाम सुनेँ तब त्रस्त भएँ
भय छाइदियो घरभित्र रहें ।
(१)

सुनसान भए जब यी सडक
ध्वनि शून्य, जहाजविना छ नभ
सब चिर्विर चिर्विर छन् खगका
मठ,मन्दिर बन्द, भए सबका ।
(२)

कुन रूप लिईकन बस्दछ यो
कति सूक्ष्म भई घर पस्दछ यो
सुनसान छ कान्तिपुरी नगर
उपमेय सफा छ सबै प्रहर ।
(३)

गिरि झल्ल भए सुप्रभात रचे
नव कान्ति र शान्ति खुलेर बसे
कति सौम्य प्रभाकरका करका
कति भिन्न छ आज बिहान छटा ।
(४)

म बिहान’ पढें दिन राति’ पढें
सय पाठ दियौ सब कण्ठ गरेँ
यति निर्मल कोमल चित्र भयो
र त मौनकला पनि मित्र भयो ।
(५)

कति लोभ ढले कति मोह गले
जस कारणले कति चित्त जले
गुणगान गर्यो कविले जसको लकडाउन’ नाम थियो उसको ।
छन्द ( तोटक
(६)

लेखिका शान्ति सापकोटा
स्याङ्जा
हाल– धोबीघाट, ललितपुर


क्याटेगोरी : ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्