Techie IT
Mission Khabar

कांग्रेस केन्द्रीय समिति बैठक, रामचन्द्र समूहद्वारा बहिष्कार


काठमाडौँः पदाधिकारी मनोनयनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको यो बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने बहिष्कार गरेको छ ।

पौडेल समूहले उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा विधान विपरित मनोनयन गर्न लागेको जनाउँदै बैठक बहिष्कार गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टी उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतलाई मनोनयनको तयारी गरेको स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति

तपाईको कमेन्ट लेख्नुहोस्