Techie IT
Mission Khabar

राजनीति र चर्चा : केहीमा शक्तिको दम्भ, कोहीमा कमजोर हुँदाको छटपटी


काठमाडौं, जेठ । कोहीमा शक्तिशाली भएको दम्भको छटपटी, कोहीलाई कमजोर अनि शक्तिहिन हुनुपर्दाको छटपटी । अहिले नेपालको राजीतिक बृत्तमा तीन खाले छटपटी चलेको छ ।
एउटा बाम गठबन्धन हुँदै एकिकृत बनेको कम्युनिष्ट स्वार्थको शक्ति र त्यसबाट उत्पन्न जोसको छटपटी । जुन नेपाल कम्युनिष्ट पार्टीका नाममा उद्देलित भइरहेको छ । अर्को हो, पछिल्लो चुनावी परिणामका कारण सत्ता शक्तिबाट बाहिर बसेको शक्तिहिन नेपाली कांग्रेसको छटपटी । जुन प्रतिपक्षीको धर्म निभाउने नाममा छचल्किएको छ । अर्को प्रदेश दुई केन्द्रित हुँदै राष्ट्रिय राजनीतिमा समेत सहभागीता पाएको मधेशी दलको छटपटी । जुन संविधान संसोधन र मधेश मुद्धाका नाममा क्रियाशिल रहदैआएको छ । यसरी नेपाली राजनीतिमा तीन वडा रणनीतिक डम्फु बजिरहेका छन् ।
अरुको नाम कब्जाको शैलीमा प्राप्त गरेका नेपाल कम्युनिष्ट पार्टीका नेताहरु एतिबेला निक्कै चुरिफुरी देखाईरहेका छन् । नदेखाउन पनि कसरी केन्द्र सरकार, प्रदेश—२ बाहेकका छ वटै प्रदेशमा उनीहरुकै हालिमुहाली छ । भर्खरै मात्र बहुमत बढीको जनमत सहित ठूलो राजनीतिक शक्ति बनेका छन् । समृद्धी र राष्ट्रियताका भाषण दिनहुजस्तो गरिरहेका छन् । आफ्नो उपस्थितिको पुस्ट्याई मात्रै होइन, उनीहरु अरुको उछितो काड्ने भाषणबाजी गरिरहेका छन् । यो उन्माद अनि शक्तिको दम्भ व्यवहारिक रुपमा कति फलदायी हुन्छ ? यो भने प्रतिक्षा बनेको छ ।
दोश्रो छटपटी नेपाली कांग्रेसमा छ । चुनाव सम्पन्न भए लगत्त पार्टी सभापति बिरुद्ध खनिएका कांग्रेस नेताहरुको भाषण शैली अहिले केही फेरिएको छ । आफ्नैलाई उछितो काट्नेहरुले सत्तापक्षको आलोचना गर्नु त के नै नौलो भयो र, अहिले कम्युनिष्ट एकता, सरकारले भ्रष्टाचार र महंगि नियन्त्रण गर्न नसकेको भन्दै आलोचनामा व्यस्त छन्, कांग्रेसी नेताहरु । छाँया सरकार बनाएर सत्ता बाहिर बस्दाको समय कटाउने सोचाईलाई सार्वजनिक गरेको काँग्रेस र सो पार्टीका नेताहरु अहिले सत्ताको खरो आलोचक बनिरहेका छन् ।
संविधान संसोधनको माग उठान गरेर लामो समय आन्दोलन र लडाईको मोर्चामा अल्मलिएका मधेशवादी दल राजपा र संघीय समाजवादी फोरम यतिबेला प्रदेश दुई हुँदै संघीय संसदमा पनि छन् । केप ओली नेतृत्वको सरकारलाई समर्थन दिएका यी दल अहिले सरकारका गतिविधिमा कागलाई बेल पाक्यो हर्सन मिस्मात जस्तो गरिरहेका छन् । बरु उनीहरु अहिले पनि संविधान संसोधन नभए आन्दोलनको विकल्प नहुने भन्दै सरकारलाई धम्कि दिइरहेका छन् । मधेश केन्द्रित दलका नेताहरुको दैनिकी प्रदेश–२ हुँदै संसोधनको जस कसरी लिने भन्नेमा बढी केन्द्रित छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्