सिलवालले संसदमा गरे जोडतोड भाषण (भिडियो)

काठमाडौँ, जेठ । नवराज सिलवाल, नेपाल प्रहरीका पूर्व उच्च अधिकारी मात्रै होइन्, अहिले उनी जनताका प्रतिनिधि पनि हुन् । ललितपुर–१ बाट प्रतिनिधि सभातर्फ बिजयी भएका सांसद सिलवाट एक कुशल अनुसन्धान अधिकृतका रुपमा रहेका कारण पनि उनको राजनीतिक यात्रा लामो हुने कतिपयको बुझाई छ ।
आर्थिक बर्ष ०७५\०७६ को नीति तथा कार्यक्रममाथी जवाफ दिने क्रममा पनि उनले सुझबुझपुर्ण धारणा राखे । विभिन्न विद्यानहरुको आलेखलाई प्रस्तुत गर्दै नीति कार्यक्रमको सार्थन गरेका उनले समृद्धिको पुरा हुने र गर्न सकिने सपना सरकारले अघि सारेको बताए । समृद्धिको सपना साकार पार्न सबै सहयोगी बन्नुपर्ने उनको तर्क थियो ।
कतिपयले त उनलाई आईजीपी हुन रोकिएपछि राजीनामा दिएर प्रतिशोधको राजनीतिमा लागेको पनि भनेका छन। पूर्वडीआईजी नवराज सिलवालले पूर्व सांसद कांग्रेस नेता उदयशम्सेर राणालाई ६ हजार २ सय १७ मतले हराउँदै निर्वाचित भएका हुन् । सिलवालले २६ हजार ९ सय ४६ मत पाउँदा राणाले २० हजार ७ सिय २९ मत ल्याएका थिए ।
क्याटेगोरी : जनप्रतिनिधि, राजनीति, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्