Techie IT
Mission Khabar

फोरम छिट्टै केन्द्रीय सत्तामा, नेकपासँग दुई बुँदे सहमती


काठमाडौं, जेठ । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएसँगै फोरमको केन्द्रीय सत्ता यात्रा सहज हुने भएको छ । लामो समय तराई मधेश केन्द्रित आन्दोलनको मोर्चामा रहेर संविधान संसोधनमा अडान लिएको उपेन्द्र यादव नेतृत्वको फोरम अब सरकारमा हुनेछ ।

बालुवाटारमा सोमबार सहमती गरेका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदेमा हस्ताक्षर गरेका छन् । सहमती पत्रमा फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने उल्लेखछ ।
यस्तो छ दुई बुँदे सहमती :


सहमतीसँगै फोरम दुई मन्त्रालय सहित सरकारमा सहभागी हुने निश्चित भएको छ । कुन मन्त्रालय भने अहिले नै टुङ्गीएको छैन । यसअघि पनि ओली नेतृत्वको सरकारमा फोरम सहभागी थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्