Techie IT
Mission Khabar

माक्सवादको मन्थन : ११ देशका कम्युनिष्ट नेता काठमाडौंमा


काठमाडौं, जेठ । विभिन्न ११ देशका कम्युनिष्ट नेताहरु काठमाडौँमा भेला भएका छन् । कार्ल माक्सको द्विशतवार्षिकीको अवसरमा नेपालमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन कम्युनिष्ट नेताहरु एक्कै थलोमा जम्मा भएका हुन् ।

काठमाडौंमा प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपीशर्मा ओलीले उद्द्घाटन गरेको कम्युनिष्ट र माक्सवाद बारेको अन्तरक्रिया, छलफल बिहीबारसम्म चल्ने छ । ११ देशका १५ कम्युनिस्ट, श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागिता रहने सेमिनारमा सेमिनार कार्ल माक्सको योगदान बारे विचार विमर्श हुने आयोजक समितिले जनाएको छ । समिति संयोजकमा एमाले बरिष्ट नेता माधबकुमार नेपाल छन् ।
माक्सवादको बुझाईमा एकरुपता ल्याउदै अझ उपयोगी बनाउन कम्युनिष्ट नेताहरुको जमघट गर्न लागिएपनि आफै भित्र अन्तरविरोध जन्माउने कम्युनिष्टहरुको भेला कति फलदायी हुन्छ ? यो प्रतिक्षा बनेको छ । दुईदिने सेमिनारमा अस्ट्रेलियाको सोसलिस्ट एलायन्स, बंगलादेशबाट कम्युनिस्ट पार्टी अफ बंगलादेश, रिभुलसनरी पार्टी अफ बंगलादेश र सोसलिस्ट पार्टी अफ बंगलादेशले सहभागिता जनाउदैछन् ।

चीनबाट कम्युनिस्ट पार्टी अफ चाइना, जर्मनीबाट एमएलपिडी, भारतबाट कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) लिबरेसन, जापानबाट जापानिज कम्युनिस्ट पार्टीका नेताहरु सहभागी छन् । वर्कर्स पार्टी अफ कोरिया, लाओ पिपुल्स रिभ्युलसनरी पार्टी, कम्युनिस्ट पार्टी अफ रसिएन फेडेरेसन, कम्युनिस्ट पार्टी अफ श्रीलंका र कम्युनिस्ट पार्टी अफ भियतनामको पनि सहभागीता रहनेछ ।
नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’बारे एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको कार्यपत्र र नेकपाका अर्का अध्यक्ष प्रचण्डको मार्क्सवाद र समाजवाद विषयक कार्यपत्रमा सेमिनारमा आज छलफल हुने छ । सेमिनारमा नेताहरुले आ–आफ्नो देशका अनुभव र कम्युनिष्टको अवस्था बारे जानकारी गराउने र छलफल हुनेछ ।


क्याटेगोरी : राजनीति, विश्व / विविध
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्