असार पाँच गते चीन जाने भए ओली, रेलमार्ग, उर्जा र व्यापार साझेदारीमा केही खास सम्झौता हुने
काठमाडौं, जेठ । नेपालको सत्तामा शक्तिशालि भएर उदायका प्रधानमन्त्री केपीशर्मा ओलीको पाँच दिने चीन भ्रमण असार पाँच गतेका लागि तय भएको छ ।
असार ५ गतेदेखि १० गतेसम्मको भ्रमण तालिका चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलले बेइजिङमा प्रस्थाव गरेपछि प्रधानमन्त्री ओलीको चीन भ्रमणले औपचारिकता पाउन लागेको हो । भ्रमणको कार्यक्रम दुबैदेशबाट बुधबार टुङ्गिएपनि गोप्य नै राखिएको छ । भ्रमण मिति चीनले नै प्रस्ताव गरेको बताइएपनि केही खुलाईएको छैन ।
भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत पौडेल चार दिन बसेर बेइजिङको तयारीमा पुगेका छन् ।
चीन भ्रमणका क्रममा के कस्ता सहमती सम्झौता हुने नखुलाईए पनि चीन–नेपाल रेलमार्ग, उर्जा विकास, व्यापार साझेदारी लगायतका बिषयमा सम्झौता हुने र विगतको प्रतिबद्धताको कार्यान्वयनमा लिखित सहमती हुनसक्नेछ ।
ओलीले सांघाई को–अपरेसन अर्घनाइजेसनको सम्मेलनको अवसरमा चीन जाने ईच्छा व्यक्त गरेपनि चीनले समय मिल्न नसक्ने भन्दै दुर्इ साता पछिको भ्रमण तालिका टुङ्ग्याएको हो । ओली भ्रमणका क्रममा सिचुवान समेत पुग्ने बताइएको छ ।।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्