प्रदेश–४ को नाम गण्डकी र मुकाम पोखरा हुने निश्चित, औपचारिकता पाउन बाँकी

कास्की, जेठ । प्रदेश ४ को नाम गण्डकी अनि राजधानी पोखरा तोक्न प्रदेशसभाको विशेष समितिले सुझाब दिएको छ । प्रदेश राजधानी र नामांकन समितिले सिफारिससहितको प्रतिवेदनसभामा प्रस्तुत गरेर नाम र राजधानीबारे जानकारी गराएको हो ।
समितिले प्रदेशका ११ जिल्लामा गरिएको अन्तक्र्रियाका सहभागीको मत, दलको धारणा, विज्ञका राय, इमेलमा आएका सल्लाह र ज्ञापनपत्रका आधारमा सुझाव तयार पारिएको जानकारी दिएको छ । राजधानी बारे खासै विवाद छैन, समग्र सुझावमा ७२ प्रतिशत मत गण्डकीका पक्षमा आएकोले नामांकन पनि सहज हुने प्रदेशसभाको अनुमान छ । जिल्लाबाट भने तमुवान मगाराँत नाम उठान भएको थियो ।प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलबाट पनि लिखित सुझाव लिएको समितिलाई गोरखा, धौलागिरि, हिमाल, अन्नपूर्ण र माछापुच्छ्रे जस्ता नाम बारे झीनो सुझाब प्राप्त भएको थियो । नगन्य मात्रामा विरोध भएपनि प्रदेश चारको नाम गण्डकी र मुकाम पोखरा हुने निश्चित छ ।
चैत १२ गते गठित प्रदेश राजधानी तथा नामांकन समितिमा सांसद विन्दुकुमार थापा, धनञ्जय दवाडी, दीपक कोइराला, कृष्ण थापा, मधुमाया अधिकारी, भगवतप्रकाश मल्ल, सरीता गुरुङ, हरिशरण आचार्य, मीनप्रसाद गुरुङ, चन्द्र बुढा र सावित्रा राना सदस्य थिए ।
क्याटेगोरी : जनप्रतिनिधि, राजनीति, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्