Techie IT
Mission Khabar

बैधानिकताको गन्जगोलमा राजपा


काठमाडौं, जेठ । संविधानमा फरक मत राख्दै लामो संघर्ष र तराई मधेश केन्द्रीत आन्दोलन चर्चाएको दल हो, राष्ट्रिय जनता पार्टी । निक्कै लामो द्धन्द्ध, टुटफुट र गुटबाट माथी उठ्दै २०७४ बैशाख ७ गते ६ वटा मधेशवादी दलको एकताबाट राजपा जन्मिएको थियो । टुटेको मन मिलाएर प्रदेश दुईको एउटा शक्ति बन्न सफल राजपा आफै भने बैधानिकताको संकटमा फस्ने अवस्थामा छ ।

आफैले तोकेको म्यादभित्र महाधिवेशन गर्न नसक्ने परिस्थिति देखिएपछि राष्ट्रिय जनता पार्टी अहिले बैधानिकता बचाउने गृहकार्यमा छ ।अहिले दलको वैधानिकता बचाउन राजपा अध्यक्षमण्डलको बैठक नियमित जस्तै बसिरहेको छ । संघीय समाजवादी फोरम नेपालको सत्ता सयरपछिको रणनीति र समसामयीक राजनीतिक घटनाक्रममा बैठक केन्द्रित भनिएपनि खासमा पार्टीको बैधानिकता कसरी बचाउने भन्नमै केन्द्रीत छ ।

महाधिबेशन वा कुन विधिबाट पार्टी दर्ताका समयमा गरेको निर्वाचन आयोगसँगको बचनबद्धता पुरा गर्छ, राजपाले यो भने हेर्न बाँकी छ ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्