असार ५ गते प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै, नेपालको समृद्धी र विकासमा असल साझेदार बन्ला त चीन ?

काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीको तीन दिने चिन भ्रमणको मिति र कार्यतालिका तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार असार ५ देखि ८ गतेसम्म प्रधानमन्त्री ओलीले उत्तरी छिमेकी मुलक चीनको भ्रमण गर्नेछन् । ओली चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा चीन भ्रमणमा जाने भएका हुन् ।
परराष्ट्र मन्त्रालले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्री ओली पहिलो दिन चीन स्थित नेपाली दूतावासको कार्यक्रममा सहभागि हुनेछन् । चाइनिज विजनेस कमिटी (सिसिटिआइपी) सँग छलफल गर्ने कार्यतालिका रहेको दोश्रो दिन उर्जालगायतका विषयमा सम्झौता हुने बताइएको छ । दोश्रो दिन नै उच्चस्तरीय भेटघाटको सुरुवात गर्ने कार्यतालिका छ । तेश्रो दिन नेपाल पर्यटन भ्रमण बर्ष २०२० कार्यक्रममा सहभागि भएपछि चिनियाँ प्रधानमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ । चौथो दिन तिब्बतियन स्वायत्त क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीका सेक्रेटरीसँग भेटघाट तथा तिब्बतका केही क्षेत्रको भ्रमण गरेर स्वदेश आउने कार्यतालिका छ ।
परम्परागत र मैत्रीपूर्ण सम्बन्धलाई परिस्कृत गर्दै अझ उचो बनाउन र विगतका सम्झौको कार्यानवयनमा भ्रण केन्द्रित हुने बताइएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको समयमा तान्स हिमालय कनेक्टीभिटिलाई मूर्त रुप दिन केही महत्वपुर्ण सम्झौतामा हस्ताक्षर हुनेछन् । बर्षाद्को सिजनमा अवरुद्ध हुने नेपाल चीन नाकाको दिगो सञ्चालन, नेपाल चीन जोड्ने महत्वपूर्ण नाका तातोपानी नाका आगामी मे महिनाबाट खुलाउने विषयमा दुई पक्षिय छलफल हुनेछ । नेपाल र चीन जोडिएका हिल्सा, रसुवागढी, रिम्पु–तिप्लापास, दार्चुलाको टिंकर बझाङको उराइपास लगायतका नाका बर्षाको समयमा अवरद्ध हुँदै आएका छन् ।
सम्भावित सम्झौताहरु यस्ता छन् । रसुवामा बन्न लागेका दुईवटा पुलबारे सम्झौता, क्रस बोर्डर ट्रन्समिसन लाइन सम्झौता, यस मार्फत उर्जा क्षेत्रमा एक हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य । जसमा चिनियाँ र बुुटवल पावर कम्पनीको सहकार्य हुनेछ । कृषि र पशुपालनाका क्षेत्रमा सम्झौता हुने बताइएको छ । नेपाल–चीन सम्बन्धलाई विकास र समृद्धिको सहयात्रासम्म जोडेर नयाँ उचाइमा पुर्याउने भनिएको भ्रमण कस्तो हुन्छ ? भ्रमणका गतिबिधिले खुलाउनेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्