Techie IT
Mission Khabar

प्रधानमन्त्री ओलीको बिशिष्ट भेटवार्ता तिब्र, चीन नेपालको विकास साझेदार बन्न तयार रहेको चीनिया राष्ट्रपती शी को भनाई


काठमाडौं\बेइजिङ–चीनको साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री केपीशर्मा ओलीले बिशिष्ट भेटवार्तालाई तिब्रता दिएका छन् । चिनियाँ राष्ट्रपति शी जिनपिङबाट बिशिष्ट भेटवार्ता सुरु गरेका प्रधानमन्त्री ओली र शीबीच बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा करिव ४५ मिनेट भेटवार्ता भएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको विकास साझेदार बन्न चीनलाई आग्रह गरेका थिए भने राष्ट्रपति शीले नेपालको विकासमा चीनिया सहयोका साथै साझेदा बन्न तयार रहेको बताएका थिए । दुई नेताबीचको वार्ता लगत्तै दुई देशको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । नेपालले लिएको एक चीन नीतिको प्रशंसा गरेका राष्ट्रपति शीले नेपालको राष्ट्रियता र अखण्डतामा चीनिया सहयोग र साथ मिल्ने विश्वास दिलाएका थिए । दुई नेताबीच चीनीया विकास अवधारण बेल्ट एण्ड रोड इनिसिएटिभ (ओबर) र दुई देशबीचको सम्वन्धबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले बिहिबार चीनिया समकक्षी लि खछ्याङसँग भेटवार्ता गर्नेछन् । यसअघि प्रधानमन्त्री ओली बेइजिङस्थित नेपाली दूताबासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बुधबार नै नेपाल तथा चीनका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट तथा फलफूल उद्योग स्थापना सम्बन्धी विभिन्न आठ परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्