Techie IT
Mission Khabar

नेकपा कार्यकर्तामा थपिदै आर्थिक भार, पार्टी सदस्यबाट मासिक १० करोड उठाउने रणनीति


काठमाडौं–नेपालको बलियो कम्युनिष्ट शक्ति बनेर राजनीतिमा उदाएको नेकपा अब छिट्टै देशको धनि पार्टिका रुपमा परिचित हुने भएको छ । संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँ लेभी उठाउने गरी पार्टी विधान नियमावली बनाएसँगै नेपाल कम्युनिष्ट पार्टि नेकपाको लेभीबाट उठ्ने आन्तरिक आम्दानी नै करोडौं पुग्ने भएको हो ।

नेता कार्यकता अनि व्यवसायीक सहयोग र सद्भावबाट चल्दै आएका दुई कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताबाट गठित पार्टी नेकपाले अब पार्टि सदस्यबाटै मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने भएको छ । पूर्व एमालेको ३ लाख र पूर्व माओवादी केन्द्रको (विराटनगर महाधिवेशन २०६९ सालको रेकर्ड अनुसार) ४ लाख संगठित सदस्य रहेको बताइएको छ । यसरी दुुईदलको ७ लाख संगठित सदस्यबाट पार्टीले ७ करोड बढी मासिक आम्दानी गर्ने भएसँगै कार्यकर्तामा भने आर्थिक बोझ थपिने भएको छ ।

साधारण सदस्यले मासिक २० रूपैयाँ लेभी बुुझाउनुु पर्ने व्यवस्था गरेको नेकपाले मानार्थ सदस्यको हकमा भने लेभी राखेको छैन । स्वेच्छिक सहयोग भने मानार्थ सदस्यले पनि गर्न पाउनेछन भने पार्टिले स्विकार गर्नेछ । नेकपाको विधानले साधारण सदस्य, संगठित सदस्य र मानार्थ गरी तीन प्रकारका सदस्य रहने व्यवस्था गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्