Techie IT
Mission Khabar

तेल विर्सिएका प्रधानमन्त्री ओली चीनिया रेल लिएर स्वदेश फर्किए


काठमाडौं– चीनको साताव्यापी भ्रमण पुरा गरेर प्रधानमन्त्री केपीशर्मा ओली स्वदेश फर्किएका छन् । राजनीतिक तथा कुटनीतिक क्षेत्रका जानकारहरुले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई आंशिक सफलताका रुपमा हेरेपनि उनी स्वयम भने पुर्ण सफल भनिरहेका छन् ।

स्वदेश फर्किएपछि भएको पत्रकार सम्मेलनमा ओलीले भनेका छन् –चीन भ्रमणबाट महत्वपुर्ण उपलब्धि हात लागेको छ । रेल, विद्युतको विकासमा चिनिया सहयोग र साझेदारी अनि पूर्वाधार विकासमा भएको नयाँ सहमतीलाई भ्रमणको उपलब्धि मान्नुपर्छ । यस्तै, विगतका सहमती सम्झौता कार्यान्वयनका लागि पनि प्रतिबद्धता प्राप्त भएको बताइएको छ । प्रधानमन्त्री ओलीले दुबै छिमेकीसँगको मित्रता र सहयोग आदानप्रदानबाट नेपाल समृद्ध बन्ने बताएका छन् ।

नेपाल र चीनबीच विभिन्न सहमति हुँदैगर्दा रेल र विद्युत विकास प्राथमिकतामा परेका छन् । भ्रमणका क्रममा भएका २३ सम्झौतालाई सरकार र सरकार घटक दलले ठूलै उपलब्धि मानेका छन् । अझ, चीन–नेपाल सहयोग कार्यक्रम एवं परियोजनाहरुको कार्यान्वयनलाई सहजीकरण गर्न संयन्त्र स्थापना गर्ने समझदारी हुनुले सहमती कार्यान्वयन सहज हुने अपेक्षा गरिएको छ । अर्को उर्जामा सहयोग आदान–प्रदानको सहमती भएको छ । उर्जाका विभिन्न परियोजनामा सम्झौता भएको भ्रमणका क्रममा रेल्वे परियोजना सहयोगसम्बन्धी सहमति पनि भएको छ । तातोपानी नाकको मितेरी पुल र रसुवा पुलको पुनर्निर्माणमा पनि चिनिया पक्षसँग सहमती जुटेको छ । यो सहमतिलाई तातोपानी नाका खुलाउन चीनिया पक्ष सहमत भएको कतिपयको बुझाई छ ।

चीन नेपालबीचको यो सहमति कसरी कार्यान्वयन हुन्छ ? अनि संयन्त्र मार्फत कामको प्रगति मूल्यांकन हुन्छ वा हुँदैन यसको भने टुङ्गो लागेको छैन । चीनले विद्युत विकासमा साझेदारीको सुरुवात गरिसकेपनि रेल विकासमा कसरी काम गर्छ त्यो भने समयले देखाउने छ ।


क्याटेगोरी : जनप्रतिनिधि, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्