Techie IT
Mission Khabar

बिमस्टेक राष्ट्राध्यक्षको फिर्ती सवारी : सोल्टीमोड–माईतिघरमण्डलादेखी एयरपोर्टसम्मको सडकमा प्रभाव


काठमाडौं –बिमस्टेक चौथो शिखर सम्मेलन समापन भएलगत्तै सदस्य राष्ट्रका बिशिष्ट पाहुँनाको स्वदेश फर्किने क्रम सुरु भएको छ । शुक्रबार चार राष्ट्रका राष्ट्राध्यक्ष स्वदेश फर्कदैगर्दा काठमाडौंका विभिन्न स्थानको यातायात प्रभावित भएको छ ।

विशिष्ट पाहुनाको फिर्ती सवारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडान दिनभरजसो प्रभावित हुने भएको छ । सवारीको समयमा झण्डै एक घण्टा सोल्टी होटलदेखि सोल्टी मोड, कालिमाटी, त्रिपुरेश्वर, थापाथली, माईतिघर, नयाँ बानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट रुटको यातायात सेवा दुईतर्फी रुपमै बन्द हुदैआएको छ ।
दिउँसो एक बजे बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश पर्किएकी छिन् । उनको फिर्तीमा काठमाडौं झण्डै दुई घण्टा प्रभावित भएको थियो । दिउँसो ४ बजे थाइल्याण्डका प्रधानमन्त्री चा ओन चा फर्किने बताइएपनि ३ बजे नै उनी फर्किए । एक बजेको ट्राफिक सास्ती केही घण्टामै पुनः दोहोरियो । साँढे ४ बजे म्यान्माका राष्ट्रपति विन मीन्ट प्रस्तान गर्दापनि सडक सास्तीले निरन्तरता पायो ।

साँझ ६ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कने उडान तालिका अनुसार साँझको यातायात समेत प्रभावित हुनेछ । भीभीआईपीको उडान अघि १५ मिनेट र उडानपछि १५ मिनेट आन्तरिक तथा बाह्य उडान बन्द हुने बताइएको छ  । भीभीआईपी फ्लाइट हुँदा आधा घण्टा नियमित उडान बन्द हुने छ भने सडक त्यो भन्दा बढी समय प्रभावित हुने देखिन्छ । भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं न्यायाधीश दसो छिरीङ वाङचुक शनिबार र श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना आइतबार स्वदेश फर्किने बताइएको छ ।

सोल्टीदेखी विमानस्थलसम्मको भीभीआईपी सवारीबाट सोल्टी मोड, कालिमाटी, त्रिपुरेश्वर, थापाथली, माईतिघर, नयाँ बानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट क्षेत्रको यातायात प्रभावित हुँदा सास्ती भोग्नुपरेको छ ।


क्याटेगोरी : यातायात / यात्रा, राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्