Techie IT
Mission Khabar

संसद सचिवालयका कर्मचारीको चेतावनी– अतिरिक्त सेवा सुविधा नपाए बैठक चल्न दिन्नौँ


काठमाडौं – अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नदिइए समिति बैठक चलाउन नसकिने भन्दै संघीय संसद सचिवालयका कर्मचारीले चेतावनी दिएका छन् ।

यसअघि दिँदै आएर गत साउनदेखि कटौती भएको सबैखाले सेवा सुविधा तत्काल फिर्ता नभए बैठक सञ्चालनमा असहयोग गर्ने संसद सचिवालका कर्मचारिले चेतावनी दिएका हुन् । २०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुकी गरी ३ घण्टा बढी समय खटाउने गरिएको थियो । ओभरटाईम सेवा अनुसार उनीहरुले बिहान र साँझ साढे २ सय अतिरिक्त रकम पाउदै आएका थिए ।

शनिबार र बिदाको दिन आएर काम गरेबापत दैनिक ७ सय रुपैयाँ प्रोत्साहन भत्ताका रुपमा दिइएपनि गत माघबाट यो सुविधा पनि कटौती भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्