फैशला कार्यान्वयनमा सरकार जिम्मेवार नबनेको सर्बोच्चको आरोप, अटेरी बढे कारबाही गर्ने चेतावनी
काठमाडौं– पटक–पटकको आदेश सरकारबाट उल्लंघन भएपछि सर्वोच्च अदालतले सरकारलाई नै कारबाही गर्ने चेतावनी दिएको छ । सर्वोच्च अदालतले संविधनको धारा १२८ (४) अनुसार आफ्नो आदेश अवहेलना गरेका कारण सरकारलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
संविधनको धारा १२८ को उपधारा ४ मा अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने व्यवस्था छ । सर्वोच्च अदालतले चारपटकसम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न आदेश दिए पनि सरकारले अदालतबाटै पक्राउलाई निरन्तरता दिएपछि सर्वोच्चको यस्तो अभिव्यक्ति आएको हो । शुक्रबार मात्रै पनि सर्बोच्च अदालतले बन्दी प्रत्यक्षीकारणको मुद्धामा फैशला गर्दै प्रकाण्डलाई थुनामुक्त गर्न आदेश दिएको छ । छोड्ने आदेश र पक्राउ श्रृङ्खला बारे न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शुक्रबार अवहेलना मुद्दामा सरकारलाई नै कारबाही गर्ने चेतावनी दिएको छ ।
‘निरन्तर थुनामा राखेको देखिएको परिप्रेक्ष्यमा नेपालको संविधानले प्रत्याभूत गरेको वैयक्तिक स्वतन्त्रताको हकको उपभोग गर्नबाट यी निवेदक बञ्चित हुन गएको विषयमा यो इजलाश संवेदनशील भएको छ,’ आदेशमा भनिएको छ ।।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्